२०८१ वैशाख २३ गते | 5th of May 2024

एनआरएनए अमेरिकाज क्षेत्रको सम्मेलन क्यानाडाको टोरोन्टोमा

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ६ गते २१:१३

अमेरिका – गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रको क्षेत्रीय सम्मेलन र ज्ञान सम्मेलन आयोजना हुने भएको छ । आगामी सेप्टेम्बर ५ र ६ तारिखका दिन क्यानाडाको टोरोन्टोमा आयोजना गरिने सम्मेलनलाई सफल पार्न बिभिन्न समिती गठन गरिएको छ ।

एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा हालै बसेको बैठकले संयोजक त्रिपाठीकै संयोजकत्वमा सम्मेलन आयोजक समिति बनाउने निर्णय गरेको छ । 

आयोजक समितिमा ४ जनालाई संयोजक बनाइएको छ । क्षेत्रीय संयोजक तथा आयोजक समितिका अध्यक्ष त्रिपाठीका अनुसार, एनआरएनए अमेरिकाज क्षेत्रकी महिला संयोजक उमा कार्की थापा, आयोजक राष्ट्र क्यानाडाबाट बिमला सापकोटा, अमेरिकाज क्षेत्रीय उप-संयोजक राम पोख्रेल र क्यानडामा रहेका गोपाल काफ्लेहरु उक्त समितिमा रहेको जनाईएको छ ।

त्यसैगरी सदस्यहरुमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, क्यानाडाका अध्यक्ष चिरिन्जिबी घिमिरे, अमेरिकाज क्षेत्रमा रहेका सबै आईसीसी सदस्यहरु र दक्षिण अमेरिकी देशहरुबाट चिलीमा रहेका सरोज अर्याललाई सदस्य तोकिएको जनाईेको छ ।

अमेरिकाज क्षेत्रको ज्ञान सम्मेलनका लागि बैठकले डा. लक्ष्मी पाठक,  अमेरिकाबाट डा. आमोद पोख्रेल र क्यानडाबाट नारायण घिमिरे  रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *