२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएन अमेरिकाको निर्वाचन : डा. पौडेल भन्छन, आउनुस् मिलेर जाऔं

खुल्लामन्च
 प्रकाशित: २०७४ असार १९ गते २०:०३

आदरणीय गैरआबासिय नेपाली , बुद्धिजिबी, समाजसेवी ,एनआरएन अभियन्ता एवं मिडियाकर्मी साथिहरु सबैमा हार्दिक अभिबादन तथा नमस्कार !
निकट भबिस्यमा हुन गैरहेको एनआरएनए एनसीसी अमेरिकाको आगामी २०१७/१९ को दुई बर्षे दोस्रो कार्यकालको लागि मैले अध्यक्ष पदमा उमेद्वार हुने निर्णय गर्दै प्रस्तुत भएको व्यहोरा यहॉहरुलाई विद्दितै छ।
यो निर्वाचन एनआरएनए अमेरिकाको ईतिहासमा सबै भन्दा ठूलो निर्वाचन हुनेछ। अरु देशका तुलनामा एनआरएनए अमेरिका युवा अवस्थामै छ। यसलाई संस्थागत गरी सवल र स़क्षम बनाउनु तपाई हामी सबैको कर्तव्य हो र आजको आवस्यकता पनि हो। अहिले सार्बजनिक तथा व्यक्तिगत रुपमा मैले सम्पुर्ण आकॉक्षी हरुका बीच सहमति र समझदारीको लागि आव्हान गरिसकेको छु र यो अनुरोध आज यो प्रेस वक्तव्य मार्फत पु:न दोहोर्याउन चाहन्छु। आउनुहोस सहमति र सहकार्यका मार्फत एनआरएनए अमेरिकालाई सवल र सक्षम बनाउने प्रयासमा हातेमालो गरौं।

मैले २ बर्षको कार्याबधिमा गरेका कार्यहरुको फेहरिस्त पेश गर्दै आएको नै छु । हाम्रो कार्यसमितिले पदबहाली गर्दै शपथ लिदा नलिदै मातृभुमी नेपालमा महाभुकम्प गएकोमा पिडितहरुलाइ सहयोग ,अमेरिकामा नेपालीहरुलाई टि पि एस सेवा दिलाउने पहल, विभिन्न राज्यमा कम्युनिटी सेन्टरको स्थापनाको लागि स्थानिय संघ सस्थाको सहयोगमा कामको थालनी , टेक्सासको डल्लास शहरमा नेपाली शबदाहा गृहको लागि कामको शुरुवात , नेपाली अमेरिकनहरुको तथ्यांक संकलन, गैरआवासीय नेपाली नागरिकताका लागि सवल प्रयास, दोहोरो कर प्रणाली हटाउन प्रकृयाको शुरुवात, अमेरिकामा नेपालीहरुको आर्थिक अवस्था सुधारका लागि एभरेष्ट फेडेरल क्रेडिट युनियनको स्थापना, अल्पसंख्यक कम्युनिटिको रुपमा गैर आबासिय नेपालीले पाउने हक अधिकार तथा नेपाली भाषाको सुबिधा लगाएतका धेरै कामको सुरुवात भै सकेको, कतिपय काम सम्पन्न भैसकेतापनि कतिपय काम पूरा हुन बाकी रहेकोले यी सम्पुर्ण काम पूरा गर्नको लागि पनि म दोश्रो कार्यकालको लागि अध्यक्ष हुन आबश्यक महसुस गरेर उम्मेद्वार भएको छु।
एनआरएनए अमेरिकालाई बिश्वको सबभन्दा ठुलो र धेरै सद्स्य भएको नमुना एनआरएनए बनाउने तथा एनआरएन अभियानलाई गतिशिल बनाउदै नयॉ परिवेशमा नयॉ एनआरएन भिजन मेरो प्रमुख लक्ष्य हुनेछ। पहिलो पुस्ताका नेपालीहरुलाई मात्रीभुमिका प्रति अटुट माया कायम राख्ने तथा नयॉ पुस्तालाई नेपाल प्रतिको असल भावना जगाउदै अमेरिकन मेन स्ट्रिममा प्रवेशका लागि सहजिकरण अर्को महत्वपूर्ण लक्ष्य हो।
एनआरएनए नितान्त सामाजिक सस्था भएको हुदा राजनितिक पार्टिको जस्तो धेरै अगाडि देखि औपचारिक प्यानल बनाइ निर्बाचनमा जानु समाजका लागि त्यति हितकर हुदैन भन्ने मेरो बुझाई छ। यसैले गत निर्वाचनमा जस्तै केही राम्रा ,गतिशिल र शृजनशिल ब्यक्तित्व भएका साथिको सहयोग लिनेछु भने त्यस्तै साथिलाइ सहयोग गर्ने मेरो प्रयास हुनेछ। निर्वाचनको माध्यमबाट चुनिएर आउने पदाधिकारी र सदस्यहरुको समुहनै हामी सबैको साझा प्यानल हुनेछ । त्यही कार्यसमितिलाइ नै बिश्वासमा लिइ राय सरसल्लाह अनुसार काम गर्दै मातृभुमी नेपाल , सम्पुर्ण नेपाली जनता र भावनाको नेपाल जीई रहेका अमेरिकामा रहनु भएका गैह्रआबासिय नेपालीहरुको हकहित, अधिकार , दुख कष्ट र असुबिधामा एकाकार हुँदै काम गर्ने मेरो प्रमुख लक्ष्य रहेको छ ।
सामाजिक सस्थामा आफ्नो क्षमताले भ्याए सम्म योगदान दिन जाने हो, लिन जाने हैन । यसका लागि म ब्यक्तिगत , शारीरिक , मानसिक , पारिवारिक र सामाजिक रुपमा तयार छु ।
निर्बाचनको नाममा समाजिक सन्जालहरुमा अभिव्यक्त हुने गरेका गाली-गलौज,आवेग-आक्रोश तथा चरित्र हत्या जस्ता कुराहरु कुनै पनि सभ्य समाजका लागि कदापी स्वीकार्य हुन सक्दैनन। हाम्रा गतिबिधिले समाज र सामाजिक भावनामा बिभाजन हुनु हुदैन भन्ने मेरो मान्यता छ ।सस्था र समाजको हितको लागि मैले विभिन्न ब्यक्ति, ब्यक्तित्व र सस्थागत रुपमा सहयोग, समझदारि र मेलमिलापका खातिर सहयोगको हात अघि बढाएको कुरा यहाहरु कसैको अगाडी छिपेको छैन । सस्थालाइ धेरै ब्यक्तित्वको आबस्यकता विभिन्न रुपमा पर्ने हुदा आउनुहोस आपसि सहयोग र समझदारिको हात अघि बढाऔ । ब्यक्ती भन्दा सस्था र समाज ठूलो हो । सामाजिक एकता र सस्थागत हितको लागि एकताबद्द हौ। बिश्वको सब भन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा बसेर प्रजातन्त्रको मूल्य ,मान्यता र आदर्शलाइ साक्षी राख्दै नेपाली समाजलाई एकताको मालामा समाहित गर्न सहयोगी बनौं।

धन्यबाद ! जय एनआरएन!!

डा केशव पौडेल
अध्यक्ष
एनआरएनए अमेरिका
तथा
अध्यक्ष पदको उम्मेद्वार

Leave a Reply

Your email address will not be published. Required fields are marked *