२०८१ वैशाख १८ गते | 30th of April 2024

पहिरोले छ जना परिवार पुरिएर एक्लो बांचेकी नानु र गाउंलाई हिमालयन हेल्पिङ ह्यान्ड्स, अमेरिकाराद्वारा २ लाख सहयोग (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन १२ गते ३:०७

अमेरिका – पहिरोले आफ्नो परिवारका सबै ६ जना सदस्यहरु गुमाएर भगवानअको अनुकम्पाले एक्लो बांचेकी छिरिङ्ग गोलेको भिडियो युटुब मार्फत सार्वाजानिक भयो । परदेशमा आफ्नो दिनभरको मेलो सकेर घरमा खाना खाईरहेका अमेरिकाको क्यालिफोर्निया निवासी ब्यवसायी कपिल अधिकारीले अचानक त्यो दर्दनाक भिडियो देख्न पुगे ।

आफुले आफु र परिवार पाल्न बगाएको पसिनाले आर्जित केही रकम पीडित नानुलाई स्सहयोग गर्ने जमर्को गरे, लस एन्जलसमा हिमालयन हेल्पिङ ह्यान्ड्स नामक सामाजिक संस्था खोलेर महाभुकम्प वा अन्य समयमा जन्मभुमीमा सहयोग गरिरहेको संस्थाका संस्थापक अध्यक्ष कपिल अधिकारीले । Image may contain: 1 person, indoor

कोरोना कहरले प्रताडित समयमा भौतिक रुपमा उपस्थित भएर सहयोगको हात बढाउन असम्भव भएकोले कल कन्फेरेन्स मार्फत सहयोग जुटाउने जमर्को गरिए पनि समयाभावले संस्थापक अधिकारी परिवारले गत असार २५ गते बाह्रविसे नगरपालिकामा गएको पहिरोले आफ्ना छ जना पुरै परिवार गुमाएकी छिरिङ्ग गोले नानीलाई र पहिरोले गाउंको घर गुमाएर नजिकैको विद्धालयको छानाको ओत् लागाएर त्यहीं दुई हात जोर्ने चारो पकाएर बसेका अन्य पीडित गाउंलेहरुका लागि आफुले सकेको २ लाख रुपैंया सहयोग गरेका छन ।

पीडित गाउंको वेदनाको कथा युट्युब मार्फत सार्वजानिक गरेका पत्रकार अर्जुन बिष्ट मार्फत अधिकारी परिवारले सिन्धुपाल्चोक जिल्लाको त्यो दुर्गम क्षेत्रमा प्रदान गराएको छ । आफ्नी ममतामयी माता मनिमाया अधिकारीको आशिर्वादस्वरुप संस्थापक अध्यक्ष अधिकारी, छोराहरु उत्तम अधिकारी, शरण अधिकारी, राम अधिकारी, संस्थाका कोषाध्यक्ष गोबिन्द चन्द र खुल्लामन्चका सम्पादक गोकुल ढकालले सो रकम सहयोग गरेका थिए ।

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत, सुनकोशी गाउंपालिकाका वडा नम्वर ६ का वडाध्यक्ष रामकुमार थापाले पत्रकार बिष्टलाई दुर्गमा ठाउंमा जानको लागि सहयोग गरेको पत्रकार बिष्टले जनाएका छन । बालकृष्ण बस्नेतले पनि ठुलो गुन लागाएको बिष्टले बताए । हिमालयन हेल्पिङ्ग ह्यान्डसको सहयोग रकम वडाध्यक्ष मार्फत पीडित परिवारलाई सहयोग गरिको छ ।

पत्रकार बिष्टले सहयोग रकम हस्तान्तरण गर्दा बनाउनुभएको भिडियो ;

रकम संकलन र सहयोगको संयोजन उत्तम अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *