२०८२ वैशाख ३० गते | 13th of May 2025

प्रधानमन्त्री ओली बामदेव गौतमको निवास भैसेपाटीमा

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन १३ गते १४:५०

काठमाडौँ –   प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न  मंगलबार उनको निवास भैंसेपाटी पुगेका छन् ।प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका हुन् ।

भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी रहेको स्रोतले बताएको छ ।ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बस्यो र स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गरेको छ ।त्यो बैठकमा गौतम पनि थिए । उनले भने पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म पुर्‍याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *