२०८१ वैशाख १८ गते | 30th of April 2024

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६२ प्रतिशत सकियो

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन १४ गते १५:४१

काठमाडौँ –  राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६२ प्रतिशत काम सम्पन्न भएको जनाईएको छ  । निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर गरी ६२ प्रतिशत काम सम्पन्न भइसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताउनुभयो ।
पोखरालाई विश्वका अन्य शहरसँग सीधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माणाधीन विमानस्थलको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले सन् २०२१ को जुलाई १० मा निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।
हालसम्म १२ अर्ब रकम खर्च भएको निर्माण आयोजना प्रमुख विनेश मुननकर्मीले जानकारी दिनुभयो ।

हाल २४४ चिनियाँ र एक सय जना नेपालीले दैनिक काम गरिरहेका विमानस्थलमा तोकिएको समय सीमाभन्दा छ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको भए पनि कोरोनाका कारण असर पार्ने देखिएको प्रमुख मुननकर्मीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *