२०८१ वैशाख २३ गते | 5th of May 2024

स्वास्थ्य मन्त्रालयको टोली प्रदेश २ मा

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन १८ गते १४:५२

काठमाडाै –   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ मा कोरोना सङ्क्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ ।

कोरोना सङ्क्रमणबाट प्रदेश २ हालका दिनमा सबैभन्दा बढी प्रभावितमध्ये एक हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा प्रदेश २ मा टोली पठाएको जानकारी दिनुभयो । उहाँले टोली प्रदेश २ को वीरगञ्ज पुगेर समन्वयको काम सुरु गरिसकेको बताउनुभयो । उक्त टोलीले नै प्रदेश २ मा सङ्क्रमित बढी भएको अन्य शहर तथा क्षेत्रमा आवश्यक समन्वय तथा निर्देशन र सहयोगको काम अगाडि बढाउनेछ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले स्वास्थ्य मन्त्रालयले कोरोना प्रभावित अन्य प्रदेशहरूमा पनि उच्च स्तरीय टोली पठाइने तयारी गरिरहेको बताउनुभयो । पछिल्लो समयमा प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा सङ्क्रमित हुनेको सङ्ख्या दैनिक बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *