२०८१ जेठ ६ गते | 19th of May 2024

अनकोनकोे “वुमेन फर वुमेन” सहयोग अभियान

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २० गते ०:१२

अमेरिका – आर्थिक अभावले अवसरबाट बन्चित भएका नेपाली महिलाको लागी सहयोग गर्न टेक्सासको सामजिक संस्था अनकोनले “वुमेन फर वुमेन” अर्थिक सहयोग अभियान शुरु गरेको छ ।

ग्लोवल ड्रिम्स सर्भेक्षणको तथ्यांक अनुसार नेपालमा आधा भन्दा बढि महिलाहरु अर्थीक अभावको कारणले निम्नस्तरको जिवन बाच्न बाध्य छन् । उनिहरुलाइ अर्थिक सवलिकरण गर्दै शिक्षा र स्वस्थ्यमा उचित पहुँच प–ुयाउन सहयोग गर्ने उदेश्यले अनकोनको महिला संजालले आर्थिक संकलन अभियान संचालन गरेको हो । संकलित रकम नेपालको विपन्न र बहिस्करणमा परेका महिलाको लागी एक विशेष परियोजना मार्फत खर्च गरिने अनकोन वुमेनले जनाएको छ । टेक्सासको डालस वरपरका नेपालीहरुले केहि बर्षअघि यो गैरनाफामुलक संस्थाको स्थापना गरेका हुन् ।

यसले नेपालमा विभिन्न सामाजिक परियोजनाहरुमा सहयोग गर्दै आएको छ भने अमेरिकामा पनि नेतृत्व तथा व्यक्तित्व विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । “मातृभूमीका चेलिहरुको सवलिकरणका लागी हामीले यो अभियान संचालन गरेका हौँ, सम्पुर्ण अमेरिकाबासी नेपालीबाट आर्थीक सहयोगको अपेक्षा गरेका छौँ ” अभियन्ता बिष्णुमाया उपाध्यायले भन्नुभयो यूएसएनेपाल नेटवर्कको वेभसाइट लग अन गरि यो अभियानमा सहयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *