२०८१ वैशाख २३ गते | 5th of May 2024

उद्योग व्यवसाय सामान्य अवस्थामा आउन ९ महिना लाग्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २१ गते १४:२६

काठमाठौं – कोरोना भाईरसले  प्रभावित वनेको उद्योग व्यवसाय लकडाउनपछि सामान्य अवस्थामा आउन ९ महिना लाग्ने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको सर्वेक्षणले उद्योग-व्यवसायहरुलाई बन्दाबन्दीपश्चात् सामान्य अवस्थामा फर्किन औसतमा करिब ९ महिना लाग्ने देखिएको जनाएको छ । यदी बन्दाबन्दी रहिरहे उद्योगि-व्यवसायीहरुले आफ्नो उद्योग-व्यवसायलाई लामो समय निरन्तरता दिन नसक्ने देखिएको  राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

बन्दाबन्दीपछि पनि अधिकांश व्यवसायीले अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिए पनि केही व्यवसायीले भने व्यवसाय बन्द र बिक्री गर्न चाहेको राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । यदि ५ प्रतिशत ब्याजदरमा कर्जा प्रप्त हुने हो भने व्यवसायीले पुर्ण रुपमा रोजारीलाइृ सनरन्तरता दिन सक्ने देखिएको छ ।  “सर्वेक्षणमा सहभागी अधिकांश उद्योग÷व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७-७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी-कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने देखिन्छ,” सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

लकडाउन पनि व्यवसायहरुलाई सञ्चालन खर्च व्यहोर्न चालु पुँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमी लगायतका समस्याहरु देखिएको छ । यस्तै नेपालको उद्योग व्यवसायमा कमजोर पुाजी संरचना रहेको  राष्ट्र बैंकले जनाएको छ । “उद्योग-व्यवसायहरुको कर्जा सम्पत्ति अनुपात औसतमा ४८.७ प्रतिशत रहेकोछ, उच्च कर्जा सम्पत्ति अनुपातले कमजोर पूँजी संरचनाको अवस्थालाई इङ्गित गर्छ,” प्रतिवेदनमा भनिएका छ ।  अर्थतन्त्रका अधिकांश क्षेत्रमा कर्जा सम्पत्ति अनुपात झण्डै आधा देखिनुले वास्तविक अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावको प्रत्यक्ष असर वित्तीय क्षेत्र स्थायित्वमा सहजै पर्न सक्न राष्ट्र बैंकले जनाएको छ । लकडाउनले गर्दा निजी क्षेत्रले वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारी-तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने जस्ता सोचमा रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंको सर्वेक्षणमा सहभागी उद्योग-व्यवसायहरुमध्ये ७४.३ प्रतिशत उद्योग÷व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *