२०८१ वैशाख २३ गते | 5th of May 2024

ओली ईतरका नेताहरुको भेला काठमाडौमा, ओलीले पार्टीको निर्णय मान्नै पर्नेमा जोड

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २१ गते १५:१२

काठमाडौ – नेकपाका तीन शिर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले  पार्टीको  निर्णय मान्नै पर्ने वताएका छन  ।  आज काठमाडौमा आफु निकटका एक सय बढि पत्रकारहरु बोलाई  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  ,   माधवकुमार  नेपाल  ,  झलनाथ खनाल सहितका ओली ईतरका नेताहरुले  काठमाडौको  एक कलेजमा भेला आयोजना गरेका थिए ।भेलामा प्रचण्डले ओलीले आफूहरूलाई दलाल करार गर्न खोजेको र नेताहरूको बीचमा विभाजन पैदा गर्न खोजेको आरोप लगाएका थिए। भेलामा प्रचण्डले प्रतिक्रियावादीहरूले गठबन्धन निर्माण गर्दादेखि नै फुटाउन र कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न खोजेको भन्दै अहिलेको कलह त्यसैबाट सिर्जित भएको समेत बताए।साम्राज्यवादी, पुँजीवादी, सबैखाले प्रतिगमनकारी शक्तिहरूले कम्युनिष्ट पार्टी कमजोर पार्न चाहेको भन्दै उनले कमजोर पार्न जहिले पनि गलत विचार, कार्यशैली, संस्कार अपनाउने तत्वहरूलाई उपयोग गर्न चाहेको बताए। उनले जनताको बहदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र जनयुद्धबारे पार्टीको राजनीतिक दस्तावेजले उच्च सम्मान गरेको पनि बताए।

 

पार्टी एकतालाई सुदृढीकरण गर्न स्थायी कमिटीको बैठक चलिरहँदा अध्यक्ष केपी ओलीले एमाले दर्ता गर्न खोजेको र त्यसले पनि उनले विभाजन चाहेको पुष्टि हुने प्रचण्डको तर्क थियो।’प्रधानमन्त्री स्वंयले पहल गरेर एमाले दर्ता गर्न निर्वाचन आयोगमा जानु पार्टी एकताको पक्षमा भएको हुन्छ त? त्यसले पार्टी एकता बनाइराख्न भूमिका खेलेको भन्ने देखाउँछ त? बिल्कुल देखाउँदैन। यो पनि एकताको पक्षमा होइन, फुटको पक्षमा हो भन्ने त्यसले राम्रैसँग प्रमाणित गरेको छ,’ उनले भने,’पार्टी बैठक चलिराखेको छ। युवाहरूलाई आह्वान गरेर देशभरि जिन्दावाद र मुर्दावादको नारा लाग्छ। नक्सा छापिनु पर्‍यो भनेर जसले भने, पार्टी कमिटीबाट निर्णय गराए उनीहरू दलाल हुने? अन्तिममा सचिवालयको बैठकमा नीति कार्यक्रममा हाल्नै पर्‍यो भनेपछि हाल्नेचाहिँ महान राष्ट्रवादी?,’

बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली नवउदारवाद, बुर्जुवा पुँजीवादतिरै ढल्किएको आरोप लगाए। समाजवादमा जाने आधार निर्माण गरौंभन्दा ओलीले स्थायी कमिटी सदस्यलाई हुल्लडबाज र केन्द्रीय सदस्यहरूलाई सडक छापको दर्जा दिएको  भन्दै खनालले आक्रोश पोखे।बरिष्ठ नेता माधव नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुने बताए। कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले पार्टी निर्णयमा चित्त नबुझेमा अध्यक्षले समेत नोट अफ डिसेन्ट लेख्न सक्ने बताए।अहिले पार्टीको बैठक नबसेर समस्या आएको भन्दै नेपालले बैठकबाट डरारउने नेता काम नहुने बताए।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको विवाद यो पदको नभई विचारको भएको बताए।‘यो विचारको बहसको हो। पार्टी र मुलुक कसरी चलाउने भन्नेबारेको बहस भएकाले यसलाई पदसँग मात्र जोड्नु हुन्न,’ श्रेष्ठले भने।कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय खनाल, नेपाल, प्रवक्ता श्रेष्ठ, स्थायी कमिटीका पम्फा भुसाल र रघुजी पन्त सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *