काठमाडौं – सरकारले बिहीबारदेखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोनाको संख्या २ सय बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चत्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा सुरक्षा मापदण्ड कडाइका साथ लागु गराउने निर्णय भएको छ । मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिवाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।