बिगत तीन दसक देखि नेपाली साहित्य साधनामा तल्लिन कवि, गीतकार ,सङीतकार एवम आख्यानकारितामा निरन्तर कलम चलाउदै आउनुभएका खुल्लामन्चका स्तम्भकार तथा सल्लाहकार आख्यानकार लक्ष्मण सिटाैला द्वारा लिखित ” आर्या ” उपन्यास अग्रेजी सस्करणमा केही महिना भित्र बजारमा आउने भएको छ। १२८ पृष्ठभुमि भएको उक्त उपन्यास भिजन पब्लिकेसन्सले मिति २०७२ सालमा बजारमा ल्याएको थियो।
उक्त उपन्यासमाथी त्रिभुवन बिश्वबिद्धालयले सोध पत्र पनि प्रकाशित गरेको छ ।राणा साशनकालमा दुर्घटित भएको एउटा यथार्थपरक परिघटनामा आधारित रहेर तयार पारिएको उक्त उपन्यासमा महिला माथी भएको यौनजन्य हिन्साका बारेमा बयान गरिएको छ। राणा शासनकालका थुप्रै कुराहरु प्रकाशित भए तर यो बिषय भने आजसम्म पनि कसैले नभनिएको नलेखिएको पाटाे हो र यसमा न्याय गरेका छन लक्ष्मण सिटाैलाले ।उक्त उपन्यासमा चलचित्र निर्माण हुँदै गरेको कुरा आख्यानकार बाट थाहा भएको छ। अमेरिकेमा बसोबास गर्दै आउनु भएका समाजसेवी श्री धर्मराज श्रेष्ठको लगानीमा निर्माण हुन गैरहेको उक्त चलचित्रका गीतहरु रेकर्डिङ भैसकेको र गीत लेखेका छन स्वयं उपन्यासकार लक्ष्मण सिटाैलाले र सङीत भरेका छन राम सिटाैलाले । निर्देशनमा जुट्नु भएका उपेन्द्र तिमिल्सिनाका भनाइ अनुसार उक्त चलचित्र भाद्रको पहिलो हप्ता बाट सुटिङ प्रारम्भ हुने भएको छ ।

उक्त उपन्यास आर्याको अग्रेजी भावानुवाद गर्नुभएको छ साहित्यकार कमला रानाले । अग्रेजी भाषा शिक्षणमा त्रिभुवन बिश्वबिद्धालय बाट स्नातकोत्तर गर्नुभएकी गोर्खा बिरिनचोक निवासी कमला रानाज्यूको भनाइ अनुसार ” आर्या ” अग्रेजी भाषामा प्रकाशित भैसकेपछि बिदेशीहरुले नेपाली आख्यानकारिताको बारेमा अझै गहिरिएर बुझ्नसक्ने छन र नेपाली साहित्यले बिस्वब्यापी रुप लिने छ । आर्या अनुवादमा आफुले कुनै कसर बाकी नराखेको र हदैसम्मको मिहनत गरेको कुरा बताउनु भयो। आर्या उपन्यास आफ्नो पहिलो अनुवाद कृति हुने र पछिसम्म अब आफू नेपाली अनुवाद साहित्यमा निरन्तर लागिरहने र अग्रेजी भाषामा महिला अनुवादकको अभाव लाई पुर्ती गर्ने कुरा पनि प्रकाश पार्नु भयो।
खुलामञ्च परिवारको पुर्ण समर्थन र सहयोग सहित आर्या उपन्यासका लेखक अनुवादक र चलचित्र निर्माणका सम्पुर्ण टिमलाई हार्दिक बधाई एवम् सफलताको कामना गर्दछौ ।