२०८२ माघ ७ गते | 20th of January 2026

प्रवास नेपाली सम्पर्क समिति, क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा भुवा निउरे

खुल्लामन्च
 प्रकाशित: २०८२ पुष ११ गते २:३२

लस एन्जलस – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी संगठन प्रवास नेपाली सम्पर्क समिति (NPNCC) क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा भुवा निउरे मनोनित भएका छन् । प्रवासमा लामो समयदेखि सक्रिय रहँदै नेपाली समुदायको एकता, हक–हित र संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएका नुइरेलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी सुम्पिएको रास्वपाले जनाएको छ ।

अध्यक्ष भुवन निउरेले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सहकार्य, संगठनलाई थप बलियो बनाउने र मातृभूमिसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको नेतृत्वमा लस एन्जलस नेपाली समुदायमा अझ समावेशी, सक्रिय र प्रभावकारी बन्ने विश्वास गरिएको छ।

समुदायका विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूले निउरेको मनोनयनप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनको सरल व्यक्तित्व, संगठनप्रतिको निष्ठा र सहकार्यको भावनाले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रवास नेपाली सम्पर्क समिति क्यालिफोर्निया च्याप्टरले आगामी दिनमा प्रवासी नेपालीका साझा मुद्दामा सशक्त आवाज उठाउने, नयाँ पुस्तालाई संस्थासँग जोड्ने तथा सामाजिक–सांस्कृतिक गतिविधिलाई क्ष्य लिएको अध्यक्ष निउरेले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *