लस एञ्जलस – ग्रेटर लास एञ्जलसमा लामो समयदेखि सक्रिय नेपाली सामुदायिक संस्था, नेवा: समाज, साउदर्न क्यालिफोर्नियाले ‘रक्तदान-जिवान्दाना’ को अर्को कार्यक्रमको आयोजना गरेको छ । यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सक्रिय सहभागितामा आइतबार, डिसेम्बर २१, २०२५ का दिन एक महत्वपूर्ण रक्तदान कार्यक्रम (Blood Drive) आयोजना हुने भएको छ।
कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर,
10843 Kenney Street, Norwalk, CA 90650 मा सञ्चालन हुनेछ।

यस रक्तदान कार्यक्रमको आयोजना Newah Organization of America (Southern California Chapter), Shree Pashupatinath Foundation, USA तथा American Red Cross को सहकार्यमा गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रक्त अभाव न्यूनीकरण गर्दै मानव जीवन बचाउन योगदान पुर्याउनु रहेको आयोजकले जनाएका छन्।
रक्तदान गर्न इच्छुक महानुभावहरूले American Red Cross को आधिकारिक वेबसाइटमार्फत पहिले नै अपोइन्टमेन्ट लिनुपर्ने व्यवस्था गरिएको छ। यसले कार्यक्रमलाई व्यवस्थित र सहज बनाउने विश्वास आयोजकको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि:
कन्हैया: 562-441-6019
कोसिस: 714-271-4201
आयोजक संस्थाहरूले स्वास्थ्य अवस्था मिल्ने सम्पूर्ण समुदायका सदस्यहरूलाई यस पुण्य कार्यमा सहभागी भई रक्तदानमार्फत जीवनदान गर्न हार्दिक आग्रह गरेका छन्।