२०८१ वैशाख १८ गते | 30th of April 2024

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा ,सट डाउनको सम्भावना

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २३ गते १२:०१

 

काठमाडौ  – काठमाडौ उपत्यकामा कोरोना भाईरसको सक्रंमण बढदै गएपछि थप कडाई गर्न लागिएको छ । बिहिवार देखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ भने काठमाडौ उपत्यकालाई केही दिन सट डाउन गर्ने वारेमा स्थानीय प्रशासनले छलफल गरेको छ । उपत्यकामा संक्रमितको सख्या पछिल्ला दिनमा प्रति दिन सय नाघेको छ ।

शुक्रवार पनि काडमाडौ , ललितपुर र भक्तपुरमा गरि १ सय ६ जना संक्रमित थपिएका छन । यस दरमा काठमाडौ उपत्यका कोरोनाको हट स्पोट बन्ने हो कि भन्ने डरका वीच सरकारले विभिन्न विकल्पममा छलफल अघि बढाएको छ । काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख तथा उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बैठकमा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा मात्रै प्रदान दिने गरी आइतबारबाट १५ दिनसम्म ‘सट डाउन’ गर्ने बारेमा छलफल गरिएकाे छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा ‘सट डाउन’को विषयमा छलफल भएको बताउनुभयो । यो अवधिमा जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दैआएको अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने  निर्णय भएको    भट्टले जानकारी दिनुभयो । बैठकमा सवारी साधनमा जोर बिजोर कडाइका साथ कार्यान्वयन गर्ने र मास्क र स्यानिटाइजरको प्रयोग नगर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने छलफल भएको भट्टले  बताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *