२०८३ वैशाख १६ गते | 29th of April 2026

भारतले नेपाललाई दियो दशवटा ‘आइसियु भेन्टिलेटर’

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २५ गते ९:०३

काठमाडौँ – कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दशवटा ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा प्रदान गर्नुभयो ।मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीका रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्याउन भारत प्रतिबद्घ रहेको बताउनुभयो ।प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *