२०८२ कार्तिक २८ गते | 13th of November 2025

भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : काँग्रेस

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २५ गते ९:४०

काठमाडौ-    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको अभिव्यक्तिमा आपत्ति जनाएको छ। आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य आफूहरूका लागि स्वीकार्य नहुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन्। ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरूद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले आइतबार ट्वीट गर्दै भनेका छन्।

उनले वेगको जवाफमा आवेग दुवै देशको हितमा नहुने पनि उल्लेख गरेका छन्। ‘वेगको जवाफमा आवेग दुवै देशको हितमा छैन,’ उनले भनेका छन्, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको। आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्। मुल विषय मोड्न सक्छन्। तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन्।’ उनले बुद्ध नेपालमा जन्मिएको तथ्यबारे संसारमा कहिँबाट पनि नेपालले दर्ता प्रमाण नमागेको उल्लेख गरेका छन्। ‘बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं,’ शर्माको भनाइ छ, ‘भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो। फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्त दु:खद छ।’भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय भएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *