२०८१ वैशाख १६ गते | 28th of April 2024

यसरी जिते   सांसद  यादवले  कोरोना

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २७ गते १४:५३

काठमाडौ –  पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ( सांसद ) प्रदीप यादव लाई साउन १६ गते कोरोना पुष्टि भएको  थियो   ।साउन १६ गते सङ्क्रमण पुष्टि भएदेखि वीरगञ्जस्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहनु भएका सांसद यादवको मंगलबार पिसिआर रिर्पोट नेगेटिभ आएपछि उहाँ सङ्क्रमणमुक्त हुनु भएको हो ।
व्यायाम र घरेलु उपचारले १२ दिनमा कोरोनालाई जितेर कोरोनामुक्त भएको सांसद यादवले बताउनुभयो । सांसद यादवका अनुसार साउन १४ मा खोकी लागेर १५ गते ज्वरो आएको थियो । साउन १६ को बिहानै नारायणी अस्पताल पुगेर स्वाब दिएर आएपछि सोही दिन राति पौने १० बजे पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । सांसद यादव र उहाँको पीएसओ तथा चालकलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो । पीएसओ र चालककोे दोस्रो रिपोर्ट पोजिटिभ नै आएको साँसद यादवले जनाउनु भयो ।

नरिवलको पानी, मौसमको जुस, तातोपानी, लसुन, बेसार, गुर्जो ( गिलोय ) कागती पानीको नियमित सेवन र नियमित व्यायामले कोरोना जित्न सफल भएको उहाँले बताउनुभयो ।‘घर मै आइसोलेसनमा बस्दा मैले कडा रुपमा आईसोलेसनको नियम पालना गरे, दुई चम्चा बेसार, २२ पोटी लसुन, कालो नुन, कालो खुर्सानी, दुईवटा प्याज र कागतीको पेस्ट बनाएर दिनको तीनपटक सेवन गरे, सुरुको दिन १२ गिलास त्यसपछि हरेक दिन ६÷६ गिलास नरिवल पानी खाने गरेको थिए,’ सांसद यादवले भन्नुभयो ।

आईसोलेसनमा बस्दा कडा रुपमा आईसोलेसनको नियम पालना गर्न, उच्च मनोबलका साथ दैनिक व्यायाम गर्दै घरेलु उपचारबिधी अपनाउन सबै कोरोना सङ्क्रमितलाई सांसद यादवले सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *