२०८१ जेठ ६ गते | 19th of May 2024

डेमोक्र्याट तर्फबाट कमला ह्यारीस उपराष्ट्रपतिको उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २८ गते १५:१७

वासिङ्टन (एजेन्सी ) – अमेरिकाको उपराष्ट्रपति पदका लागि डेमोक्र्याट पार्टीका तर्फबाट सिनेटर कमला ह्यारिसलाई उम्मेदबार बनाइने भएको छ ।डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ह्यारिसलाई उम्मेदवार बनाउने घोषणा मंगलबार गर्नुभएको हो ।सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ, “निडर लडाकूका रुपमा रहेकी र देशको सेवाका लागि सधैँ क्रियाशील रहनु भएकी ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइने भएको छ ।”सन् २०१६ मा भएको निर्वाचनमा ५५ वर्षीया ह्यारिस अमेरिकाको माथिल्लो सदन सिनेटमा निर्वाचित हुनुभएको थियो । अफ्रिकी अमेरिकी महिला माथिल्लो सदनमा निर्वाचित भएका मध्ये उहाँ दोस्रो हुनुुहुन्थ्यो । त्यस अगाडि उहाँ क्यालिफोर्नियाको महान्यायाधिवक्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

बाइडेनले छनौट गरेसँगै उहाँ अमेरिकी इतिहासमा उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने तेस्रो महिला हुनु हुने भएको छ ।यसअघि डेमोक्र्याटको तर्फबाट गेराल्डीन फेर्रारो सन् १९८४ मा उपराष्ट्रपतिको उम्मेदवार हुनुभएको थियो भने त्यसपछि सन् २००८ मा रिपब्लीकनका तर्फबाट सराह पालिन उपराष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिनु भएको थियो । बाइडेनले ह्यारिस जस्तो प्रभावशाली, क्षमतावान र प्रतिबद्ध नेतृलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पाउँदा निकै गौरब र खुशी लागेको बताउनुभएको छ । बाइडेनले ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग मिलेर काम गरेको पनि सम्झना गर्नुभएको छ ।

भारतीयमूलकी ह्यारिसकी आमा भारतमा जन्मिनु भएको हो भने बुबा जमैकामा जन्मिनु भएको हो ।अमेरिकामा अहिलेसम्म अश्वेत महिलाले उपराष्ट्रपति पदमा उम्मेदवारको टिकट पाएका छैनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन् ।यसअघि राष्ट्रपतिकै उम्मेदवार बन्ने तयारी गर्नुभएकी ह्यारिस गत डिसेम्बरमा त्यस प्रतिस्पर्धाबाट बाहिरिनु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *