काठमाडौं २४ असार । धनगढी उपमहानगरपालिकाको मतगणा सकिएको छ । प्राप्त जानकारी अनुसार उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका नृप वड र सुशीला भट्ट विजयी भएका छन। मेयरमा नृप वड र उपमेयरमा सुशीला भट्ट विजयी भएका हुन् ।
वडले १४३२४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५ सय २७ मत ल्याएर पराजित भए ।
उपमेयरमा विजयी भट्टले १७४०८ मत पाएकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारले १२७६३ मत ल्याइन् ।