२०८१ साउन १२ गते | 27th of July 2024

नेकपाको आन्तरिक विवाद मिलाउन कार्यदल

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ३० गते ११:३३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको छलफलमा कार्यदल गठन गरी समस्या समाधान गर्न सहमति भएको हो ।नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलमा स्थायी समितिका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल रहनुभएको जानकारी नेकपा प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।

सल्लाहकार थापाका अनुसार कार्यदललाई पार्टीको आन्तरिक समस्याको सकारात्मक ढङ्गले समाधान खोज्न, पार्टी एकतालाई अक्षुण्ण राख्न र पार्टी तथा सरकारलाई प्राप्त भएको जनादेश अनुसार प्रभावकारी ढङ्गले अघि बढ्ने सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ । बिहीबार पनि अध्यक्षद्वयबीच भएको छलफल पार्टीको आन्तरिक समस्या समाधान गर्ने गरी सकारात्मक दिशामा अघि बढेपछि आज पनि छलफलले निरन्तरता पाएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वयबीचको आजको छलफलमा पनि नेकपाका महासचिव पौडेल तथा स्थायी समिति सदस्यहरू शङ्कर पोखरेल र जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *