२०८२ जेठ ९ गते | 22nd of May 2025

काँग्रेसद्दारा बाढी पहिरो प्रभावित ३० जिल्लामा पहिलो चरणमा राहात वितरण

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २ गते १०:५९

काठमाडौ –  नेपाली काँग्रेसले बाढी पहिरो वाट प्रभावित ३० जिल्लाका स्थानीयलाई पहिलो चरणमा राहात रकम उपलब्ध गराएको जनाएको छ ।
बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पु¥याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट रू. ४५,००,०००।– (पैंतालीस लाख) ‘स्नेहको सानो सहयोग’ का रुपमा १,५०,०००– (एक लाख पचास हजार) रुपैयाँका दरले पहिलो चरणमा निम्न ३० जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा पठाइएको  पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो  ।  पहिलो चरणमा   १. लम्जुङ, २. सिरहा, ३. गुल्मी, ४. नुवाकोट, ५. स्याङ्जा, ६. बाग्लुङ, ७. म्याग्दी,
८. पाल्पा, ९. ताप्लेजुङ, १०. ओखलढुंगा, ११. संखुवासभा, १२. पर्वत, १३. सिन्धुपाल्चोक, १४. महोत्तरी, १५. पर्सा, १६. धादिङ, १७. पाँचथर, १८. तेह्रथुम, १९. मकवानपुर,२०. बारा, २१. सर्लाही, २२. काभ्रे, २३. रसुवा, २४. धनुषा, २५. सिन्धुली, २६. बझाङ,
२७. जाजरकोट, २८. खोटाङ, २९. बाजुरा र ३०. कास्कीमा राहात रकम उपलब्ध गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *