२०८१ वैशाख २३ गते | 5th of May 2024

राजनितिक नियुक्तिमा प्रचण्डको आपत्ति

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ४ गते १३:४५

काठमाडौ –  पार्टीमा देखिएका विवाद समाधान गर्न कार्यदलले काम गरिरहेको बेलामा राजनितिक नियुक्ति गरिएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रचण्डले विरोध जनाएका हुन्।यसअघि मंगलबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीसँग राजनीतिक नियुक्तिलाई लिएर असहमति जनाएका थिए।सोमबार बसेको मन्त्रिपरिषद बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेललाई नियुक्त गरेको थियो। भण्डारीलाई कार्यवाहक अध्यक्षका रूपमा काम नगर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ।पार्टीको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको अवस्थामा कार्यदलको कामलाई प्रभावित गर्ने गरी भएका नियुक्ति खारेज गर्नसमेत प्रचण्डले प्रधानमन्त्रीलाई सुझाएका थिए।राजनीतिक नियुक्तिबारे वरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई भेटेर असहमति जनाएका थिए।

नेकपाले विवाद समाधानका लागि १ साताअघि बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *