२०८१ जेठ ६ गते | 19th of May 2024

सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाईटीको अधिबेशन यही २२ र २३ मा

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ४ गते १६:१८

सरस्वती शर्मा सरु / सिकागो – सिकागो ल्यान्ड नेपाली फे्रन्डसिप सोसाईटीको अधिबेशन यहि २२ र २३ मा हुने भएको छ । २००७ सालमा सिकागोमा स्थापना भएको यस सस्थाको अहिले ७ औँ अधिबेशन हुन लागेको हो । नेपालीहरुका लागि स्थापित यस सस्थामा अहिले ७ सय भन्दा धेरै सदस्य रहेका छन । अधिबेशनको रौनक छाईरदा उम्मेद्वारि दिनेहरुको सँख्या पनि बढ्दै गएको छ । निर्बाचनका लागि खेम पाठकको सँयोजकत्वमा ३ सदस्यिय निर्बाचन समिति पनि गठन भईसकेको सस्थाका बर्तमान अध्यक्ष टेकराज पौडेलले जानकारी दिनुभएको छ ।

No description available.

अहिले सम्म अध्यक्ष पदका लागि ३ जनाको उम्मेद्वारी परिसकेको र अधिबेशन मतदानमै जाने देखिएको सदस्यहरु बताउछन् । १५ सदस्यिय कार्यसमिति रहने यस सस्थामा अहिले सम्म खेम पन्थी , शिव अधिकारी र मेनुका थारुको उम्मेद्वारी परेको निर्बाचन समितिले जनाएको छ । अध्यक्षको उम्मेद्वारी दिने पन्थी बर्तमान उपाध्यक्ष हुन । यस्तै अर्का उम्मेद्वार अधिकारी बर्तमान महासचिव हुन भने थारु कोषाध्यक्ष रहेकी छन् । यसरी ३ जना अध्यक्षका प्रत्याशी देखिएका मध्य ३ जना नै बर्तमान कार्यसमितिमा रहेकाले सर्वसम्मत रुपमा अधिबेशन सम्पन्न हुन कठिन रहेको सदस्यहरु बताउछन् ।

२ बर्षे कार्यकाल रहने सिकागो ल्यान्ड नेपाली फे्रन्डसिप सोसाइटीको अधिबेशनको माहोललाई सिकागोका नेपालीहरुले उत्सुक्ताका साथ नियालली रहेका छन् । अहिले सम्म खेम पन्थीको नाम अगाडि रहेपनि अधिबेशनमा भन्न नसक्ने स्थिति देखिएको उनिहरु बताउछन् । तर उम्मेद्वार पन्थिले भने सर्बसम्मत रुपमा नै अगाढि गएपनि उपाध्यक्ष नै अध्यक्षका लागि बलियो मान्ने हाम्रो चल्दै आएको परिपाटि रहेकाले आफु नै अध्यक्षको बलियो उम्मेद्वार रहेको बताउछन् । यहि अगस्ट २२ र २३ मा हुने अधिबेशनका लागि अहिले सम्म पनि स्थान नतोकिएकाले निर्बाचन हुने नहुनेमै शँखा रहेको बर्तमान उपाध्यक्ष खेम पन्थी बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *