२०८१ चैत १२ गते | 26th of March 2025

सिन्धुपाल्चोकको जुगलमा गाउंपालिकामा गएको पहिरो पीडितलाई हिमालयन हेल्पिङ ह्यान्ड्स अमेरिकाद्दारा पांच लाख रुपैंया सहयोग प्रदान

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ४ गते २१:३६

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला परेको थियो । जुन दुर्घटनामा २० भन्दा बढी मानिसहरु हराईरहेका छन । पहिरोबाट बिस्थापित बासिन्दालाई हिमालअयन हेल्पिङ्ग ह्यान्ड्स, लस एन्जलस, अमेरिकाले रु. पांच लाख सहयोग गरेको छ ।

यस अघि फाउण्डेशनले असार २५ गते बाह्रविसे नगरपालिकामा गएको पहिरोले आफ्ना छ जना पुरै परिवार गुमाएकी छिरिङ्ग गोले नानीलाई र पहिरोले गाउंको घर गुमाएर नजिकैको विद्धालयको छानाको ओत लागाएर त्यहीं दुई हात जोर्ने चारो पकाएर बसेका अन्य पीडित गाउंलेहरुका लागि २ लाख रुपैंया सहयोग गरेको थियो ।

पीडित गाउंको वेदनाको कथा युट्युब मार्फत सार्वजानिक गरेका पत्रकार अर्जुन बिष्ट मार्फत फाउण्डेशनले सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग गरेको यो दोस्रो पटक हो । असारमा बार्हबिसेमा गएको बाढीपहिरो र हाल लिदिमा गएको बाढी पीडितको लागि तत्काल गरिको सात लाख रुपैंयाको अलावा बाढी पीडितहरुको सुरखित स्थायी बसोबासका लागि हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले चालिस पक्की घरको निर्माण गर्ने अध्यक्ष कपिल अधिकारीले जानकारी गराएका छन । जसका लागि शुरु गरिएको ‘गो-फन्ड’ अभियानमा अधिकारी परिवारले १० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *