काठमाडौ- सत्तारुढ नेपाल कम्युनिष्ट पाटी नेकपामा देखिएको विवाद समाधान गर्न गठित कार्यदलले शनिवार प्रतिवेदन दूई अध्यक्षलाई बुझाएको छ । प्रधानमन्त्री निवासमा उक्त प्रतिवेदन बुझाएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए । अध्यक्षद्वय आेली र पुष्पकमल दाहाल”प्रचण्ड”द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नाे प्रतिवेदन सर्वसम्मतिले तयार गरेकाे छ ।
कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शंकर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे ।