२०८१ वैशाख २६ गते | 8th of May 2024

स्व. पत्रकार बानियाँको परिवारलाई नेजाद्दारा चारलाख ३१ हजार ९ सय ५१ रूपैयाँ सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ११ गते १:००

तनहुँ – नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्व. पत्रकार बलराम बानियाको परिवारको सहयोगार्थ संकलन गरेको चारलाख ३१ हजार रूपैयाँ नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले हस्तान्तरण गरेका छन् ।

आइतबार स्व. बानियाको १३ अाै दिनमा तनहुँको मिर्लुङ्ग स्थित घरमा पुगेर उनको छोरी र छोरालाइ हस्तान्तरण गरिएको हो । नेजाले आफ्ना सदस्यहरूबीच स्व बानियाको परिवारको सहयोगका लागि आव्हान गरेको थियो । त्यसक्रममा पेपललाइ तिर्नुपर्ने शुल्क कटाएर ३ हजार ६ सय ७८ डलर ५१ सेन्ट नेजाको खातामा संकलन भएको थियो ।

उक्त रकम शनिबार नेजाले नेपाल पत्रकार महासंघलाइ ट्रान्सफर गरेर पठाएको थियो । नेपाल पठाइएको चारलाख ३१ हजार ९ सय ५१ रूपैयाँ महासंघका अध्यक्ष आचार्यले स्व. बानियाकी छोरी सुस्मिता बानियालाइ हस्तान्तरण गरेकाे महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष त्रिभुवन पाैडेल, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलबहादुर भण्डारी, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतको उपस्थिति थियो ।

गत साउन २६ गतेबाट हराएका बानियाको शव दुइ दिनपछि मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युतको बाँधमा फेला परेको थियो । बानिया करिब तीन दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए ।

नेजाले स्व. बानियाको परिवारको सहयोगार्थ संकलन गरेको सहयोग अभियानमा साथ दिने सबैप्रति धन्यवाद र आभार प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *