२०८१ साउन १२ गते | 27th of July 2024

भारतीय अर्थतन्त्र अहिले सम्मकै गम्भिर संकटमा

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १६ गते ९:४०

काठमाडौं ।  कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लगाइएको लकडाउनका कारण  भारतीय अर्थतन्त्र इतिहासकै तीव्रदरले खुम्चिएको छ ।   उपभोक्ताको खर्च तथा लगानी कटौती गरेपछि  सन् २०२० को दोस्रो त्रैमासमा अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको हो ।

जुनसम्मको तथ्यांकअनुसार भारतीय अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधीको भन्दा २३.९ प्रतिशतले खुम्चिएको छ । भारतले सार्वजनिक गरेको तथ्यांकअनुसार संसारको पाँचौं ठूलो अर्थतन्त्र अपेक्षा गरेभन्दा खराब बनेको हो । कोरोनाभाइरसका कारण संसारको जुनकुनै अर्थतन्त्रको तुलनामा भारतमा सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । सार्वजनिक तथ्यांकअनुसार लगानी अघिल्लो वर्षको जुनसम्मको तुलनामा ४७ प्रतिशतले घटेको छ । जबकि घरायसी उपभोग २७ प्रतिशतले घटेको छ । सरकारी उपभोग १६ प्रतिशतले बढे पनि अर्थतन्त्रको तीव्र गिरावटमा पर्याप्त नभएको हो । भारत तीव्र गतिमा विस्तार हुँदै गरेको संसारको सबैन्दा ठूलो अर्थतन्त्र हो । भारतमा ३६ लाखभन्दा बढीमा कोभिड–१९ रोग पुष्टि भइसकेको छ । त्यहाँ कोरोनाबाट ज्यान गुमाउने संख्या ६५ हजार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *