काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । मृत्यु हुनेमा एक ४ वर्षीया बालिका र १० जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा महोत्तरीका ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षिय, काठमाडौंका ७० र ३५ वर्षीय र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।हालसम्म कुल संक्रमितको 0 दशमलव ५९ प्रतिशत संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।