लस एन्जलस – भारी बर्षाका कारण देशका बिभिन्न ठाउंमा गएको पहिरोका कारण परिवार र वासस्थान गुमाएका परिवारलाई हिमालयन हेल्पिङ्ग ह्यान्ड्स, लस एन्जलसले क्रमिक रुपमा प्रभावित क्षेत्रमा राहत सहयोग प्रदान गराएको छ ।
दार्चुला जिल्लामा गएको पहिरोमा प्रभावित परिवारको सहयोगका लागि घटनास्थलमा पुगेका पत्रकार अर्जुन बिष्टमार्फत हिमालायन हेल्पिङ्ग ह्यान्ड्स्ले ३ लाख रुपैंया सहयोग गरेको छ ।
अब बाजुरामा सहयोगको लागि हिंडेका पत्रकार बिष्ट मार्फत हेल्पिङ्ग ह्यान्ड्सले सहयोग गर्ने भएको छ ।
यसअघि सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला परेको थियो । जुन दुर्घटनामा २० भन्दा बढी मानिसहरु हराईरहेका छन । पहिरोबाट बिस्थापित बासिन्दालाई हिमालअयन हेल्पिङ्ग ह्यान्ड्स, लस एन्जलस, अमेरिकाले रु. पांच लाख सहयोग गरेको छ ।
यस अघि फाउण्डेशनले असार २५ गते बाह्रविसे नगरपालिकामा गएको पहिरोले आफ्ना छ जना पुरै परिवार गुमाएकी छिरिङ्ग गोले नानीलाई र पहिरोले गाउंको घर गुमाएर नजिकैको विद्धालयको छानाको ओत लागाएर त्यहीं दुई हात जोर्ने चारो पकाएर बसेका अन्य पीडित गाउंलेहरुका लागि २ लाख रुपैंया सहयोग गरेको थियो ।
https://www.facebook.com/arjun.bista.7906932/posts/313966463156438
पीडित गाउंको वेदनाको कथा युट्युब मार्फत सार्वजानिक गरेका पत्रकार अर्जुन बिष्ट मार्फत फाउण्डेशनले सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग गरेको यो दोस्रो पटक हो । असारमा बार्हबिसेमा गएको बाढीपहिरो र हाल लिदिमा गएको बाढी पीडितको लागि तत्काल गरिको सात लाख रुपैंयाको अलावा बाढी पीडितहरुको सुरखित स्थायी बसोबासका लागि हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले चालिस पक्की घरको निर्माण गर्ने अध्यक्ष कपिल अधिकारीले जानकारी गराएका छन । जसका लागि शुरु गरिएको ‘गो-फन्ड’ अभियानमा अधिकारी परिवारले १० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।