२०८१ वैशाख २५ गते | 7th of May 2024

उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३२६ जना सङ्क्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २२ गते १३:१३

काठमाडौं-  काठमाडौं उपत्यकामा कोभिड–१९ का ३२६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३२६ जना सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितमध्ये काठमाडौंमा १०२ महिला र १९१ पुरुष, ललितपुरमा सात महिला र १३ पुरुष तथा भक्तपुरमा छ महिला र सात जना पुरुष छन् ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा नाँै हजार २१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ७३६ जना सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुने कुल सङ्क्रमितको ६५ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *