२०८१ वैशाख २३ गते | 5th of May 2024

काठमाडौँ उपत्यकामा एकैदिन ७ सय ३७ जना सहित थप एक हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ३१ गते १५:१५
काठमाडौँ । आज काठमाडौँ उपत्यकामा ७ सय ३७ जना सहित थप एक हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभर १० हजार चार सय ९४ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा काठमाडौँमा छ सय ५२ जना, भक्तपुरमा २५ र ललितपुरमा ६० जना सहित एक हजार पाँच सय ३९ जनामा संक्रमण पुष्टि भएको प्रा.डा जोगेश्वर गौतमले जानकारी दिनुभयो ।
यो सँगै हालसम्म संक्रमित हुनेको कूल सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको  प्रा.डा जोगेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै कोरोना सङ्क्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण ४ पुरुष , ४ महिला सहित थप ८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या तीन सय ७९ पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।
सङ्क्रमणबाट काठमाडौँका दुई जना, सुनसरी, सप्तरी, बारा, काभ्रेपलान्चोक,  र कास्की जिल्लाका १÷१ जनाको मृत्यु भएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।
यस्तै आज थप एक हजार ६८ जना संक्रमण मुक्त भएका छन् ।  यो सँगै संक्रमण मुक्त हुनेको सङ्ख्या ४१ हजार सात सय ६ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हाल संक्रमण मुक्त हुनेको दर ७१ दशमलव ५ प्रतिशत रहेको छ ।मन्त्रालयका अनुसार आज देशभर सक्रिय सङ्क्रमितहरूको सङ्ख्या १६ हजार दुई सय ४२ जना रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ४१ जना र होम आइसोलेसनमा सात हजार एक सय एक जना रहेका छन् ।
यस्तै संक्रमितहरुमध्ये एक सय ७३ जनाको आइसियुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो
यस्तै बिहिवारदेखि सार्वजनिक यातायात, कार्यालय, पसल तथा कलकारखाना नियमित रूपमा सञ्चालन हुने भएका छन् ।
 नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले आर्थिक, सामाजिक असरलाई कम गदै जनजीवन सामान्य बनाउन भोलिबाट सार्वजनिक यातायात, हवाई उडान, पसल तथा कलकारखाना र कार्यालयहरू नियमित रूपमा खुल्ने जानकारी दिनुभयो ।
प्रा. डा गौतमले निषेधाज्ञा खोलिए पनि काठमाडौँ उपत्यका लगायत घनावस्ती भएका स्थानहरूमा सङ्क्रमणको जोखिम उतिकै रहेकोले, सार्वजनिक स्थल, यातायात र कार्यालयहरूमा प्रत्येक व्यक्तिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
यस्तै मनोचिकित्सक डा. सुदर्शन प्रधानले कोरोना सङ्क्रमणका कारण जनमानसमा उत्पन्न हुने डर, त्रास, चिन्ता जस्ता (एन्जाईटी डिस्अर्ड) लाई कम गर्न योग ध्यान गर्नका साथै रुचि अनुसारका कार्यहरूमा सक्रिय रहन सुझाव दिनुभएको छ ।
डा. प्रधानले संक्रमण जोखिमको त्रासले हाल व्यक्तिहरूमा एउटै कार्य बारम्बार दोहो¥याने, एकोहोरो बन्ने किसिमका समस्या बढ्दै गएको जानकारी दिनुहुँदै यस्ता लक्षण लामो समयसम्म देखिए उपचार तथा परामर्श लिन मानसिक रोग विशेषज्ञकहाँ जान आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *