२०८१ वैशाख २३ गते | 5th of May 2024

चुनाव हारेका बामदेव पुगे राष्ट्रियसभामा ,राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने वाचा

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १ गते १५:१५

काठमाडौं ।  जनमत गुमाएर पनि   राष्ट्रियसभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बागमदेव गौतमले बिहीवार  पद तथा गोपनियताको शपथ लिएका छन् ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बिहीबार मनोनित भएका गौतमले पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । शपथग्रहणपछि गौतमले राष्ट्रिसभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्नेबाहेक आफ्नो अरु कुनै लक्ष्य नरहेको बताए ।

उनले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताए । पार्टीले देशमा समाजवादको संकल्प पुरा गरेको उल्लेख गर्दै उनले राष्ट्रियसभामा आफुले त्यही भूमिका निर्वाह गर्ने बताए । फागुन देखि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *