काठमाडौं । नेपाल सरकारले खरिद गरेको रेल जनकपुर आइपुगेको छ । जयनगरबाट शुक्रबार अपराह्न २ बजे जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।![](https://www.khullaManch.com/wp-content/uploads/2020/09/rail1.jpg)
रेल जनकपुर-जयनगर चल्नेछ । रेल हेर्न आइपुगेका सर्वसाधारणको ठूलो भिड देख्न सकिन्छ ।जनकपुर-जयनगर रेलको लिक न्यारोगेजबाट ब्रोडगेज बनाएपछि रेल पनि सोहीअनुसारको खरिद गरिएको हो ।