२०८२ पुष २९ गते | 13th of January 2026

‘संविधान संशोधन विधेयक पास पनि हुँदैन, अर्को पनि आउँदैन’- ओली

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २४ गते ७:२६

विराटनगर २४ असार । दोश्रो चरणको निर्वाचन पछि संविधान संशोधन गर्न सकिने अभिव्यक्ति दिए एमाले अध्यक्ष केपि शर्मा ओलीको बोली फेरिन थालेको छ । शनिबार विराटनगरमा पत्रकारसंग कुराकानी गर्दै एमालेका अध्यक्ष केपि शर्मा ओलीले सरकारले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित नहुने र अर्को संशोधन पनि नआउने दाबी गरे । ओलीले यो महिनाको अन्त्यसम्ममा विधेयक र संशोधनको कुनै काम अघि नबढ्ने बताए।

सरकारले संसदमा रहेको संविधान संशोधन विधेयक फिर्ता लिने र आफूहरुसँग छलफल गरेर मात्रै संशोधन पेश गर्नुपर्नेमा ओलीले जोड दिए। ‘कसैको स्वार्थलाई केन्द्रित गरेर देशहितका विरुद्धमा गरिएको संशोधन प्रस्ताव फिर्ता हुनुपर्छ,’ ओलीले भने, ‘त्यसपछि छलफल गरेर संविधान संशोधन प्रस्ताव राख्न सकिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *