२०८१ वैशाख १८ गते | 30th of April 2024

एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ७ गते १३:५२

काठमाडौं – कोरोना भाइरसबाट आज एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४९ हजार ९ सय ५४ संक्रमण मुक्त भएको र निको हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको जानकारी दिनुभयो । मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न ७१ जिल्लामा गरी १७ हजार चार सय १४ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितहरु मध्ये ९ हजार एक सय ८६ जना होम आइशोलेसन तथा ८ हजार २ सय २८ जना संस्थागत आईशोलेशनमा रहेको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यस्तैगरी गम्भीर लक्षण भएका २ सय २० संक्रमितको आइसीयू तथा ४३ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।यस्तै आज थप एक हजार एक सय ७२ जनामा संक्रमण पुष्टि भएपछि हालसम्मको कूल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।आज काठमाडौमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी काठमाडौ उपत्यकामा ६ सय ३७ जना संक्रमित थपिएका छन् ।यस्तै आज थप ७ जनाको कोरोना संक्रमण पछि मृत्यु भएको छ । आज बर्दिया र काठमाडौका २–२ जना तथा ललितपुर, सिराहा र झापाका १ –१ जनाको मृत्यु भएको छ ।योसँगै संक्रमणपछि मृत्यु हुनेको संख्या ४ सय ३६ जना पुगेको र मृत्युदर शुन्य दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले कोरोना संक्रमण मुक्त भएका व्यक्तिमा लामो समयसम्म विभिन्न स्वास्थ्य समस्या देखिने गरेकोे बताउनु भएको छ ।मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा डा. ज्ञवालीले कोरोना संक्रमण मुक्त भएका व्यक्तिहरुमा रुघाखोकी, स्वासप्रश्वासमा समस्या, थकान लगायतका समस्या देखिएको बताउनुभयो ।यस्तै कोरोना संक्रमितहरु मध्ये ९९ प्रतिशतले यात्रा गरेको पाईएको डा. ज्ञवालीले जानकारी दिनुभयो । परिषदको सर्वेक्षण अनुसार आन्तरिक यात्रा गर्ने ६९ दशमलव १ प्रतिशत र २९ दशमलव ९ प्रतिशतले अन्तराष्ट्रिय यात्रा गरेको पाईएको डा. ज्ञवालीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *