२०८१ फागुन ४ गते | 16th of February 2025

२५ हजार संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने,बुधबारसम्म सक्रिय संक्रमितकाे संख्या १४ हजार ४१४

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ७ गते १४:२०

काठमाडौ –   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन्।  उनले सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने जनाए। बुधबारसम्म सक्रिय संक्रमितकाे संख्या १४ हजार ४१४ छ। यस्तै मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *