२०८१ वैशाख २१ गते | 3rd of May 2024

कोरोना भाइरसको सङ्क्रमणका कारण विहीवार उपत्यकाका ६ सहित १७ जनाको मृत्यृ

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ८ गते १२:४९

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण उपत्यकाका छ सहित आज १७ जनाको मृत्यृ भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा्.डा. जागेश्वर गौतमले आज १२ पुरुष जना र पाँच जनामहिलाको मृत्यु भएको जानकारी दिनुभयो । सङ्क्रमणबाट काठमाडौँका चार जना, भक्तपुर र धुनुषाका दुई÷दुई जना, मोरङ, झापा, सुनसुरी, रौतहट, धादिङ, तनहँु , दाङ, कपिलवस्तु, नवलपरासीका एक÷एक जनाको मृत्यु भएको प्रा.डा. गौतमले जानकारी दिनुभयो । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या चार सय ५३ पुगेको छ ।

यस्तै आज ५४ जिल्लाका थप एक हजार चार सय ९७ जना सङ्क्रमित थपिएका छन । योसँगै हालसम्मको कूल सङ्क्रमितको संख्या ६९ हजार तीन सय एक पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौँमा छ सय नौ, भक्तपुरमा ५१ र ललितपुरमा ९५ गरी काठमाडौँ उपत्यकामा सात सय ५५ जना सङ्क्रमित थपिएका छन् । यस्तै आज ७१ जिल्लामा १८ हजार चार सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरु मध्ये नौ हजार आठ सय २३ जना होम आइसोलेसन र आठ हजार छ सय १४ जना संस्थागत आइसोलेसनमा रहेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो । यस्तैगरी गम्भिर लक्षण भएका दुई सय ३२ सङ्क्रमितको आइसीयु तथा २८ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस्तै सङ्क्रमणबाट आज चार सय ५७ जना मुक्त भएसँगै हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या ५० हजार चार सय ११ पुगेको छ ।

यस्तै पाँच सयभन्दा बढी सङ्क्रमितहरु उपचारमा रहेका जिल्ला उपत्यकाका तीनै जिल्लासहित मोरङ, सिराहा, चितवन र रुपन्देही जिल्ला रहेका छन् ।यस्तै निशेषज्ञा समाप्त भएपछिकाठमाडौं उपत्यकामा सङ्क्रमण दर तिव्र गतिमा वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ ।आजको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना नभएका कारण सङ्क्रमणको दर वृद्धि भएको हुदाँ कोरोना सङ्क्रमणलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो । प्रवक्ता प्रा.डा.गौतमले कोरोना सङ्क्रमणको कूल सङ्क्रमित मध्ये ५० प्रतिशत सङ्क्रमित काठमाडाँै उपत्यकाका भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *