२०८१ वैशाख २१ गते | 3rd of May 2024

सोमवार  देशभर थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १२ गते १४:५२

काठमाडौं – सोमवार  देशभर १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा .डा जागेश्वर गौतमले आज ९ सय १५ पुरुष र ४ सय ३६ महिला संक्रमित भएको जानकारी दिनुभयो ।यस्तै आज काठमाडौमा ६ सय ४९, ललितपुरमा एक सय ३२ र भक्तपुरमा ३६ सहित काठमाडौ उपत्यकामा ८ सय १७ जना संक्रमित थपिएका छन् ।हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ७४ हजार ७ सय ४५ पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यस्तै  हाल  देशभर ७३ जिल्लामा १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरु मध्ये १० हजार ९ सय २९ जना होम आइशोलेसन र ८ हजार ६ सय ९५ जना संस्थागत आईशोलेशनमा रहेको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो । यस्तैगरी, गम्भीर लक्षण भएका २ सय २५ संक्रमितको आइसीयू तथा ३१ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै संक्रमणबाट आज ७ सय ४२ जना मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेको दर ७३ दशमलव एक प्रतिशत रहेको प्रा. डा गौतमले जानकारी दिनुभयो । यस्तै कोरोना संक्रमणका कारण आज थप ४ जना मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या ४ सय ४१ पुगेको छ । संक्रमण बाट सुनसरी र भत्तपुरकी १–१ महिला र बाँके र गुल्मी जिल्लाका १–१ पूरुषको मृत्यु भएको प्रा डा. गौतमले जानकारी दिनुभयो । यस्तै काठमाडौ उपत्यकामा कोरोना संक्रमण दर उच्व रहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस व्रिफिङकम प्रवक्ता प्रा. डा. जागेश्गर गौतमले काठमाडौ उपत्यकामा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी तथा बैक तथा काउन्टरका कर्मचारीमा संक्रमण धेरै देखिएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गुर्नभयो ।यस्तै रेविज रोगको मुख्य कारक र जिम्मेवार जनवार कुकुरलाई अनिवार्य खोप लगाउन इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

विश्व रेविज दिवसका अवसमार आज इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालका आधा जनसंख्या रेविज रोगको उच्च जोखिममा रहेको र यो रोगको लक्षण देखा परेपछि उपचार नहुने भएकाले घरपालूवा तथा सामूदायिक कुकुरहरुलाई नियमित रेविज विरुद्धको खोप लगाउन आग्रह गर्नुभयो ।रेविज रोग नियन्त्रण तथा न्युनिकरणका लागि राष्ट्रिय मापदण्ड तयार भएको जानकारी दिनुहुदै डा. पाण्डेले विश्व स्वाथ्य संगठनले २०३० सम्ममा रेविज रोगविरुद्ध मृत्युदर शुन्यमा पुर्याउने लक्ष्यमा सघाउन सवै नागरिक जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *