२०८१ वैशाख १८ गते | 30th of April 2024

नेवा: समाजद्दारा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाद्दारा रक्तदान

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १२ गते १६:२४

लस एन्जलस – स्थापनादेखी रक्तदान जीवनदान कार्यक्रमलाई निरन्तरता दिदैं आएको नेवा: समाज, साउदर्न क्यालिफोर्नियाले हिजो सम्पन्न गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन । No description available.

अमेरिकन रेडक्रसको संयोजन तथा ब्लड डोनर्स अफ अमेरिकाको सहयोगमा  लस एन्जलसमा रक्तदान कार्यक्रम गर्दै आएको संस्थाको हिजोको कार्यक्रममा ईच्छुक सहभागीले आफ्नो सहभागिताको बारेमा रेडक्रससंग समय र उपस्थितिको पक्कापक्की गरेर मात्रै भाग लिन पाइने ब्यबस्थानुसार रेडक्रसले ३४ जना सहभागी मात्र रक्तदानका लागि लिएको संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठले जनाएका छन ।No description available.

कोरोनाका कारण भवनको स्वास्थ्य मापदन्ड नपुगेकाले बिगतमा श्रीपशुपतिनाथ फाउन्डेशनमा आयोजना गरिदैं आएको रक्तदान नजिकैको सत्यनारायण मन्दिरामा गर्नुपरेको संस्थाका अध्यक्ष बिमल श्रेष्ठले बताए । ‘कोरोना कहरले फाउन्डेशनको भवन सानो भएकोले स्वास्थ्य मापदन्ड नपुगेर नजिकैको मन्दिरामा हाम्रो नियमित कार्यक्रम गर्नुपरेको हो’ अध्यक्ष श्रेष्ठले बताए । ‘फाउन्डेशन र नेवा समाजबिच रक्तदान स्थानका लागि सिर्जीत विवाद समाप्त भएको छ’, श्रेष्ठले बताए ।No description available.

No description available.

No description available.

No description available.

श्रीपशुपतीनाथ फाउन्डेशन र नेवा समाजविच सिर्जित विवाद :

आफुले निरन्तर यसै स्थानमा गर्दै आएको रक्तदान कार्यक्रम गर्न पाउनुपर्ने नेवा समाजको माग वा अडानलाई फाउन्डेशनको कार्यसमितिले ‘गर्न नमिल्ने’ निर्णय गरेको अध्यक्ष गोकुल पौडेलले बताए । ‘यो वा त्यो संस्था भन्दा पनि फाउण्डेशनको “कन्डिशनल पर्मिट’ का कारणले मन्दिरको हललाई रक्तदान मात्र होईन, कुनै पनि कार्यक्रम गर्ने अनुमती नभएको’ पौडेलले बताए ।

‘यती राम्रो काम गरेको नेवा समाजसंग टकराव लिएको होईन, कार्यसमितिको निर्णय, कोभिड प्रभाव र सिटी वा काउण्टीसंगको कन्डिशनल पर्मिटका कारणले मिस्-अन्डर्स्ट्यान्डिङ भएको मात्र हो, पक्षपात वा राजनीति होईन, अध्यक्ष पौडेलले बताए ।

फाउण्डेशनका अध्यक्ष पौडेलको वक्तब्य :

Dear Community Members,
We are hoping everybody is doing well during this dire time. Nobody could have predicted how devastating this pandemic would be, taking over 200,000 lives in the United Stated of America. We are sad to say that our doors are remaining closed to the public as a precautionary measure, but can host individual puja on an appointment basis. Usually we are able to host blood drives with a local organization, Newa Organization, but unfortunately due to the Covid-19 pandemic, our executive board decided we are still not prepared to host such an event during this critical time. Furthermore, our temple only holds a conditional permit so we have many restrictions we must abide by. We support all charitable causes and are looking forward to the day we surpass this pandemic, and can reopen our doors and activities. The Newa organization has found another venue at Sanatan Dharma Hindu Temple to host this blood drive today, we encourage all our community members to participate and support this great cause.
Thanking you always.
Gokul Poudyal
President
SHREE PASHUPATINATH FOUNDATION, USA

Leave a Reply

Your email address will not be published. Required fields are marked *