२०८१ वैशाख २३ गते | 5th of May 2024

नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७६ हजार २ सय ५८ पुग्यो , ५५ हजार तीन सय ७१ संक्रमित निको भए

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १३ गते १२:२३

काठमाडौं –मंगलवार  थप १ हजार पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७६ हजार २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको  नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा आज थप पाँच सय ५६ जना महिला र नौ सय ५७ जना पुरुष गरी १ हजार पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा सात सय ३१ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ५५ हजार तीन सय ७१ पुगेको प्रा.डा. गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार देशभर हाल २० हजार तीन सय ९५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तीन जना महिला र सात जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा सर्लाहीकी ७२ बर्षीया महिला, काठमाडौँकी ५७ बर्षीया महिला र बाँकेकी ७६ बर्षीया महिलाको मृत्यु भएको हो भने मोरङका ६८ बर्षीय पुरुष , महोत्तरीका ५८ बर्षीय पुरुष , काठमाडौँका ६० र ७० बर्षीय पुरुष , बाँकेका ५३ र ३९ बर्षीय पुरुष, र चितवनका ५५ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *