२०८१ वैशाख २२ गते | 4th of May 2024

असोज १९ देखि तातोपानी नाका खोल्ने सहमती

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १३ गते १४:१४

काठमाडौं – चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)उमेश ढकालले असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको  बताए । ढकालका अनुसार सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ भने अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालनमा आउने छ । दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाका अधिकारी र नेपालतर्फबाट सीडीओ ढकालसहितका अधिकारीहरु सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *