२०८१ वैशाख २३ गते | 5th of May 2024

शंकरदास वैरागी नेपाल सरकारको मुख्य सचिव नियुक्त ,डा. युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदुत सिफारिस

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १५ गते ७:४५

काठमाडौं – मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजिनामा स्विकृत गर्दै परराष्ट्र सचिव शंकरदास वैरागीलाई नेपाल सरकारको मुख्य सचिवमा तीन बर्षका लागि नियुक्त गरेको छ ।

बैठकले पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदुत सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीले दिनुभएको राजिनामा स्विकृत गर्दै  उहाँलाई संयुक्त अधिराज्य बेलायतको राजदूत सिफारिस समेत गरेको छ ।  उहाँको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ राजदूत नियुक्त गर्ने संवैधानिक व्यबस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *