काठमाडौ – परराष्ट्र मन्त्रालयले सचिव शंकरदास बैरागीलाई बिदाइ गरेको छ। बैरागीलाई सरकारले मुख्यसचिवमा नियुक्त गरेसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उनलाई बिदाइ गरेका हुन्।
परराष्ट्र मन्त्रालयले उनको सेवा र योगदान सम्झना गर्दै नयाँ कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो।