२०८१ वैशाख २३ गते | 5th of May 2024

निरन्तर लाभको पदमा खतिवडा

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १५ गते १४:३६

काठमाडौ –  निरन्तर पदको लाभ लिदै आएका  डा. युवराज खतिवडा  हालै अर्थमन्त्री छोडन बाध्य भएपछि प्रधानमन्त्रकिो विशेष आर्थिक सल्लहाकारमा नियूक्त भएको १५ दिन पनि नपूग्दै पून अर्को नियूक्ती खान पुगेका छन ।

मन्त्री परिषदको विहिवार वसेको बैठकले उनलाई अमेरिकाको राजतदुत प्रस्ताव गरेको छ । डा. युवराज खतिवडालाई अर्थमन्त्री नियुक्त गर्दा देशवासीले ओलीको सह्राना गरेका थिए । पार्टीका हस्ती नेताहरुलाई पन्छाउँदै विज्ञता रोजेकोमा उनलाई विपक्षीले पनि धन्यवाद दिएका हुन् । देशले अहिलेसम्मकै राम्रो अर्थमन्त्री पाएको भनेर आशाको लहर सिर्जना भएको हो । तर उनले    अर्थतन्त्रलाई माथि उकास्न कुनै गतिलो भिजन प्रस्तुत नगरेको, बजेट कार्यान्वयनको कमजोरी हटाउन नसकेको तथा कर संकलनमा मात्रै जोड दिएको लगायत आरोप  खेपे । अर्थमन्त्रीको कुर्सीमा अढाई वर्ष बस्दा डा. खतिवडाले केही गर्न खोजेका पनि हुन् । तर, सिधै आमजनतालाई छुने गरी कुनै ठोस कार्यक्रम दिन नसक्दा उनको पहिलेको क्रेज समाप्त भयो । त्यही भएर उनको बहिर्गमनमा जनता दुःखी भएनन् । सत्तारुढ नेकपाभित्र पनि खतिवडाप्रति बढ्दो असन्तुष्टि थियो ।  तर, फेरि दै ओलीले खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेका छन् ।

ओलीकै आशिर्वादमा यसअघि पनि डा. खतिवडा शक्तिशाली पदहरुमा पुगिसकेका छन् । राष्ट्रिय योजना आयोगको सदस्य, दुईपटक उपाध्यक्ष, फेरि नेपाल राष्ट्रबैंकको गभर्नर भए उनी । त्यसपछि अर्थमन्त्री, प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै अहिले राजदूत । एउटा पदबाट ओर्लिएर लामो सास फेर्न नभ्याउँदै ओलीले उनलाई अर्को पदमा बसालिरहे ।  सरकारको आजको निर्णयलाई लिएर  सामाजिक सञ्जालमा हाँसो र आक्रोश  सिर्जना  भएका छन    ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *