२०८१ वैशाख २२ गते | 4th of May 2024

नेपालमा एकै दिन करिब २ हजार संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १५ गते १४:४१

काठमाडौं –   विहिवार  देशभर एक हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक हजार दुई सय ११ जना पुरुष र ६ सय २८ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै आज काठमाडौमा ८ सय १७, भक्तपुरमा ५८, ललितपुरमा ६८ सहित उपत्यकामा ९ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कूल संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको प्रा.डा. गौतमले जानकारी दिनुभयो । यस्तै आज ७३ जिल्लामा २१ हजार ८ सय ३० जना संक्रिय संक्रमित रहेका छन् । हाल कोरोना संक्रमण मुक्त हुने दर कम भएसँगै संक्रिय संक्रमितको संख्या वृद्धि भईरहेको छ ।

मन्त्रालयका अनुसार सात दिन अघि असोज ७ गते जम्मा १७ हजार ४ सय १४ जना रहेको संक्रिय संक्रमितको संख्या बढेर हिजो २० हजार ८ सय ९१ पुगेको थियो भने आज एकै दिन ९ सय ३९ जना संक्रिय संक्रमित थपिएका छन् ।संक्रिय संक्रमितहरु मध्ये ११ हजार ६९ जना होम आइसोलेसन र १० हजार ७ सय ६१ जना संस्थागत आईसोलेसनमा रहेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।यस्तैगरी गम्भिर लक्षण भएका २ सय २० संक्रमितको आइसियू तथा २५ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।यस्तै संक्रमणबाट आज ९ सय ६१ जना मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५७ हजार तीन सय ३८ पुगेको छ ।कोरोना संक्रमण कारण आज थप ११ जना पुरुषको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यृ हुनेको संख्या ५ सय ९ पुगको छ ।संक्रमणबाट रुपन्देहीका र सुनसरी जिल्लाका ३/३ जना, काठमाडौंका २ जना, ललितपुर, भक्तपुर, र बाँके जिल्लाका १/१ जनाको मृत्यु भएको प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *