२०८१ वैशाख २४ गते | 6th of May 2024

काठमाडौ उपत्यकामा एकै दिन १६ सय बढि संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १६ गते १३:४२

काठमाडौं – उपत्यकामा आज थप एक हजार छ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार छ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा एक जार दुई सय ८० जना, ललितपुरमा एक सय ६२ जना र भक्तपुरमा एक सय ९६ जना गरी आज उपत्यकामा थप एक हजार छ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।त्यसैगरी आज देशभर नौ सय ६५ जना महिला र एक हजार सात सय ५७ पुरुष गरी दुई हजार सात सय २२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल ८२ हजार चार सय ५० सङ्ख्या हजार पुगेको छ ।

त्यस्तै आज देशभर आज ३३ हजार सात जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ६० हजार छ सय ९६ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *