२०८१ वैशाख २४ गते | 6th of May 2024

प्रधानमन्त्री ओलीको सचिवालयमा रहेका सल्लाहकारसहित ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १७ गते १४:११

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका सल्लाहकारसहित ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ६० बढीमा कोरोना देखिएको छ । शुक्रबार गरेको परीक्षणमा सचिवालयका सदस्य र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए ।उनका अनुसार तीनजना सल्लाहकार, प्रमुख स्वकीय सचिवसहित ६० बढी सुरक्षाकर्मीमा कोरोना देखिएको हो । उनीहरु सबैको शुक्रबार स्वाब संकलन गरिएको थियो ।

तर प्रधानमन्त्री ओलीको भने शुक्रबार परीक्षण नगरिएको थापाले जानकारी दिए । उनका अनुसार केहीदिनअघि प्रधानमन्त्रीको स्वाब संकलन गरिएको थियो । त्यसबेला रिपोर्ट नेगेटिभ आए पनि शुक्रबार भने परीक्षण नगरिएको थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *