२०८२ वैशाख १७ गते | 30th of April 2025

नेपालमा कोरोनाका संक्रमितको संख्या ९० हजार भन्दा बढी

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २० गते १२:५२

काठमाडौं-  नेपालमा मंगलवार  कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे एक हजार ५५१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ९० हजार ८१४ पुगेको छ । हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ३४०  जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६७ हजार ५४२  सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७४.३ प्रतिशत हो ।  आइसाेलेसनमा २२ हजार ७०९ पुगेकाे छ भने क्वारेन्टिनमा चार हजार २२१ जना छन् । सङ्क्रमितमध्ये २४३ जना आइसीयू र ४० जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।यस्तै, पछिल्लो चौबीस घण्टामा नाैजनाकाे मृत्यु भएकाे छ । काेराेना भाइरसकाे कारणले मृत्यु हुनेकाे संख्या ५६३ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *