२०८१ वैशाख १५ गते | 27th of April 2024

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २१ गते १२:१८

काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो । मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रणउन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताए ।

संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने उनले बताए । उनले भने, ‘‘अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गए पनि काठमाडौं उपत्यका उच्च जोखिममा छ । आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै छ । नियन्त्रणउन्मुख छैन सतर्कता अपनाउनुपर्ने जरुरी रहेको छ ।४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पुर्‍याउन सक्छ । आफूले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुका लागि आग्रह गर्दछु ।’’उनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दसैं-तिहारजस्ता पर्व मनाउन पनि आग्रह गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *