२०८१ वैशाख १५ गते | 27th of April 2024

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकलाख बढि, परीक्षणका लागि स्वाब दिएका व्यक्ति समेत परीक्षणको नतिजा नआउँदा सम्म आइसोलेसनमा बस्नुपर्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २३ गते १३:२०

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकलाख नाघेको छ    । शुक्रवार   थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएपछि कूल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज विभिन्न ५६ जिल्लाका ७ सय ३२ जना महिला र १ हजार ३ सय २७ जना पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार आज काठमाडौका १ हजार १ सय १६, ललितपुरका १ सय ६३ र भक्तपुरका १ सय ३० गरी काठमाडौ उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् ।उपत्यका बाहिर मोरङ्मा ८६, दाङमा ६५, मकवानपुरमा ६९, चितवनमा ५१, बाँकेमा ४५ र काभे्रमा ४० जना संक्रमित थपिएका छन् ।अन्य जिल्लामा भने आज थपिएका संक्रमितको संख्या ३० भन्दा कम रहेका छ ।

यसैगरी आज थप १ हजार ६ सय ८० जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।योसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको र संक्रमण मुक्त हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।संक्रमण मुक्त हुन बाँकी २७ हजार ५३ सक्रिय संक्रमितमध्ये १५ हजार ८ सय ७७ जना आफ्नै घरमा आइसोलेसनमा रहेको र ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि ६ सय पुगेको छ ।आज १ महिला र ९ पुरूष गरी थप १० जनाको मृत्यु भएपछि हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज सुनसरीमा ३, झापा, काठमाडौ र रूपन्देहीमा २–२ तथा ललितपुरमा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएको व्यक्ति आइसोलेसनमा नबसेको पाईए कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले संक्रमण पुष्टि भएको व्यक्ति नियमपूर्वक आइसोलेसनमा नबसेको पाईए पक्राउ गरी ६ महिनाको कैद सजाँय सम्म हुन सक्ने बताउनुभयो । प्रवक्ता गौतमले संक्रमणको शंका लागि परीक्षणका लागि स्वाब दिएका व्यक्ति समेत परीक्षणको नतिजा नआउँदा सम्म आइसोलेसनमा बस्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *